Logo

सरकारी नीतिले संकटमा दाल उद्योग



काठमाडौं, ७ जेठ । नेपाल चामल तेल दाल उद्योग संघले सरकारको अस्वाभाविक नीतिका कारण स्वदेशी उद्योगी व्यवसायीहरू धराशायी भएको बताएको छ।

आईतबार पत्रकार सम्मेलनगर्दै संघले नेपालमा संचालित कृषि उपजका उद्योगलाई सरकारले बेवास्ता गरेको बताएको हो। अर्बौको लगानीसहित स्थापना गरिएका यस्ता उद्योगप्रति सरकारले उचित वातावरण निर्माण नगरिदिएको बजेटमा यस्ता उद्योगी व्यवसायीको हकहित नसमेटिएको बताइएको छ।

कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्टनीति निर्माण नहुनु, कृषि भूमिको संरक्षण नहुनु, उन्नत बिउ बिजन र मल जलको पूर्ण ब्यवस्थापन नहुनु, राज्यका कमजोर पक्ष भएको संघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्