Logo

सरकारको नीति तथा कार्यक्रममाथि रास्वपाका तीन सांसद्को संशोधन प्रस्ताव दर्ता



काठमाडौं,७ जेठ । सरकारले संसद्को संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८० – ८१ को नीति तथा कार्यक्रममाथि राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसद्ले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

रास्वपाका सोबिता गौतम,सुमना श्रेष्ठ र डा. चन्दा कार्कीले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद् गौतमले नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ माथि संशोधन दर्ता गरेको बताइन् ।

उनले बुँदा नम्बर ३२ मा उल्लेख भएको रैथाने बाली,विउ बिजार र नस्ल सुधार र स्थानीय तहलाई प्रोत्साहन गर्ने नीतिमाथि संशोधन दर्ता थर्दै प्रोत्साहनको स्थानमा स्रोतको व्यवस्था गर्नुपर्ने बताइन् ।
उनले बुँदा नम्बर ३३ माथिपनि संशोधन दर्ता गराएको बताइन ।
उनले काठमाडौंको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समाबेस गर्न मागसमेत गरिन् ।

file photo



प्रतिक्रिया दिनुहोस्