Logo

सरकारका कामकारबाहीले जनतामा सकारात्मक सन्देश दिएको छः माओवादी केन्द्र



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली जनतालाई सकारात्मक सन्देश दिइरहेको बताएको छ । उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले आज (आईतबार) पार्टीकोतर्फबाट एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, मिटरब्याज पीडितका माग सम्बोधन, राष्ट्रिय परिचय पत्र वितरण लगायतका विषयमा उल्लेखनीय काम गरेको बताएका हुन् ।

‘नेपाल सरकार आफ्नो गतिमा नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिन खोजेको छ । नक्कली भुटानी शरणार्थीमाथि कारवाही, मिटरव्याज पीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध, बिदाको दिनमा कार्यालय सुचारु राख्ने काम, इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालयमा पुऱ्याइएको, रोकिएको घरजग्गा कारोवार फुकुवा, अर्थतन्त्रमा सुधार, खेलाडीहरुलाई पुरस्कार, दुधको मुल्यमा समायोजन, राष्ट्रिय परिचयपत्र ७७ वटै जिल्लाबाट वितरण, खाद्यबस्तुमा विषादीको परीक्षण, मौद्रिक र वित्तीय नीतिमा खुकुलोपन आदि सरकारका सकारात्मक कदमहरु हुन्,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्