Logo

संरचनाभित्र गम्भीर संकट छ, भ्रष्टाचार संस्थागत भइसक्योः अर्थविद् डा. डिल्लीराज खनाल



काठमाडौं, ७ वैशाख । सरकारले आर्थिक वर्ष २०८०, ८१ को नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । सरकारका नीति तथा कार्यक्रमलाई लिएर अर्थविद्, राजनीतिज्ञ, योजनाविद् र नीजि क्षेत्रसँग संलग्न व्यक्तित्वहरुले आलोचना गरिरहेका छन् । यसैबीच आज (आईतबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा भएको ‘सरकारका नीति तथा कार्यक्रमबारे साक्षत्कारमा सहभागी अर्थविद्हरुले नीति तथा कार्यक्रमबारे चिरफार गरेका छन् ।

उनीहरुले सरकारकाले नीति तथा कार्यक्रमलाई कोरा–कल्पनाको संज्ञा दिएका छन् । सरकारले विरोधाभाषपूर्ण नीति तथा कार्यक्रम ल्याएको उनीहरुको आरोप छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम नेपालको माटो सुहाउँदो नभएको र यसले तत्कालीन समस्यालाईसमेत सम्बोधन गर्न नसक्ने उनीहरुको दाबी छ ।

त्यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रमा रहेको समस्या समाधानको अभ्यासलाई सम्बोधन गर्नेगरि सरकारका नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । सरकारका नीति तथा कार्यक्रमबीचमै अन्तरविरोध रहेको उनको आरोप छ ।
‘हामी अर्थतन्त्रमा आएको समस्याको चर्चा गर्छौं । ती समस्यालाई कसरी सम्बोधन गर्र्छौं भन्ने ढंगले अभ्यास गरेर आउनुपथ्र्यो, त्यो आएको छैन । यसमा अन्तरविरोध छ,’–उनले भने ।

अर्थतन्त्रमा समस्या आउनुका कारण अहिलेको नीति तथा कार्यक्रमले समाधान गर्न नसकेको उनको भनाई छ । अहिले आउने बजेट बजेट भन्नलायक नै नभएको उनको टिप्पणी छ । सरकारले समस्या र चुनौतिबाट अगाडि बढ्नका लागि निजी क्षेत्रसँगको सहकार्यलाई बढाउनुपर्ने उनको भनाई छ । अहिले सुशासनको प्रत्याभूति गर्ने अवस्था नै नभएको उनको भनाई छ । जिम्मेवार निकायले नै कानुनको धज्जी उडाउने गरेको उनको आरोप छ ।

अहिले भ्रष्टाचार संरचनागत भएर आएको उनले बताए । अहिलेको संरचनाभित्र गम्भीर संकट रहेको उनको बुझाई छ । समन्यायिक, समावेशिता लगायतकाबीचमा अन्तरविरोध बढ्ने अवस्था रहेको उनले बताए । यसले भोलिका दिनमा ठूलो अन्तरविरोध सिर्जना गर्ने उनले बताए । अहिले केही व्यक्तिहरुको हातमा सम्पत्ति केन्द्रीकृत भइरहेको उनले बताए । यसलाई सकारले अहिलेको सबैभन्दा ठूलो चुनौतिका रुपमा लिनपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्