Logo

पूर्वमाओवादीहरु एकै ठाउँमा आउने माहोल बनिरहेको छः प्रचण्ड



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरु फेरि एक हुने माहोल बनिरहेको बताएका छन् । १४औँ बेपत्ता राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा आज बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले अहिलेको अवस्थामा क्रान्तिकारीहरुको एकता आवश्यकता रहेको बताएका हुन् ।

‘पूर्वमाओवादीधारका सबै शक्तिहरु एकै ठाउँमा आएर समाजवादको क्रान्तिलाई नयाँ ढङ्गबाट अघि बढाउने माहोल बनिरहेको छ । क्रान्तिकारीहरुको एकता आवश्यक छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot