Logo

सुदूरपश्चिम मन्त्रिपरिषद् : जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय



काठमाडौं, ७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

प्रदेशको आज(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर साहको सचिवालय अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको हो।

आज साँझ ५:५० बजे मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री साह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र नवनियुक्त मन्त्रीहरू आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकास मन्त्री झपट साउँद र वन तथा उद्योग मन्त्री रमेश धामीको सहभागीता रहेको थियो।

शनिबार मात्रै थप ३ मन्त्रालयविस्तार गरेका मुख्यमन्त्री शाहले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपछिको यो पहिलो बैठक हो।



प्रतिक्रिया दिनुहोस्