काठमाडौं,८ जेठ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि हिजोबाट संसद्मा छलफल सुरू भएको थियो ।