Logo

लुम्बिनीमा मन्त्रिपरिषद विस्तारको तयारीमा चौधरी



काठमाडौं,८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । उनले नेपाली कांग्रेस,जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका एक- एक सांसद्लाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले सम्भव भएसम्म आजै नेपाली कांग्रेसका राजु खनाल, जसपा नेपालका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई मन्त्री नियुक्त गर्नसक्ने बताइएको छ । मन्त्रीमा सम्भावना रहेका खनाल दाङ २ को(ख)अहिर बाँके २ को (ख) र गुप्ता रुपन्देही ५ को(ख)बाट निर्वाचित भएका हुन् ।

गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ वैशाखमा सपथग्रहन गर्दै लोसपाका सन्तोष पाण्डेय,नागरिक उन्मुक्तिका धर्मबीर चौधरी र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई मन्त्री नियुक्त गरेका थिए । हाल मास्की आर्थिक मामिला तथा योजना मन्त्री छन् भने अन्य मन्त्रालय चौधरी आफैले सम्हाल्दै आएका छन् ।

आज मन्त्रिपरिषद विस्तार भए विना विभागिय मन्त्रीको पनि कार्यविभाजन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्