काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले प्रस्तावित नेपालको एकमात्रै आयुर्वेद विश्वविद्यालय ‘योगमाया आयुर्वेद विश्वविद्यालय’को निमार्णका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोलदै सांसद खड्काले भोजपुर र संङखुवासभाको सिमानामा प्रस्ताव गरिएको विश्वविद्यालय समयमै निमार्ण सम्पन्न गर्न आवश्यक बजेट माग गरेका हुन् ।
उनले पूर्वका चार जिल्ला जोड्ने चतारा- लेघुवा सडक,तीन देश जोड्ने जोगबुनी- किमांथाङका सडकपनि यसै वर्ष सम्पन्न हुनेगरी आवश्यक बजेट माग गरे ।
त्यस्तै खड्काले सिद्धपोखरी,सभापोखरी र चिचिला जस्ता धार्मिक स्थानलाई प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग ।
राणा शासनको विरोधमा बि सं १९९८ साल असार २२ गते ६८ जना भक्तसहित अरुण नदिमा जलसमाधी लिएकी योगमाया न्यौपाने कोइरालाको योगदानलाई सम्मान गर्दै केपी ओली नेतृत्वको सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय निमार्ण गर्ने घोषणा गरेको थियो ।