Logo

संसद्मा कान्छी सांसद्को आक्रोश : किसान मार्ने खेल राज्यले नगरोस्



काठमाडौं,८ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले राज्यले विदेशीलाई काखी च्यापेर र स्वदेशीलाई पाखा लगाउन खोजेको टिप्पणी गरेकी छन् ।

संघीय संसदअन्तर्गको प्रतिनिधिसभाकी सबैभन्दा कान्छी सांसदसमेत रहेकी डाँगीले नेपाली किसानले उत्पादन गरेका दुध विभिन्न बाहानामा रोकेर सिमापारीबाट दुधको आयात गरी स्वदेशी किसान मार्ने खेल भइरहेको भन्दै आक्रोशसमेत व्यक्त गरिन् ।

गाउँगाउँका किसानहरु दुध बिक्री नभएर मारमा परिरहेको बेलामा सहरी क्षेत्रमा दुधको हाहाकार भएको भन्दै दैनिक १ लाख ५० हजार लिटर दुध भारतीय बजारबाट आयात गरिनु जनतामार्ने खेल भएको डाँगीको भनाइ छ ।

‘भारतबाट दुधको आयात गरेर नेपालमा ‘मिल्क होलिडे’ गर्ने खेल बन्द गरियो म सरकारको ध्यानाकर्षण गराउँदछु ’ । उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्