Logo

सरकारलाई आजपा अध्यक्ष साहको प्रश्न, लालबकैया सिंचाइ र मौलापुर ढल व्यवस्थापनको ठेक्का कहिले लाग्छ ?



काठमाडौं,८ जेठ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले बजेट निर्माण गर्नेबेला रातो किताबमा समेटिएका आयोजना आर्थिक वर्ष समाप्त हुनैलाग्दा विभिन्न व्यक्तिको मिलेमतोमा आयोजनाको रकम रकमान्तर गर्ने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै साहले  रौतहटको लालबकैया सिंचाइ आयोजना ५ वर्षदेखि रातो किताबमा पर्दै, करोडौं रकम छुटर्याउँदा र डीपीआर हुँदासमेत ठेक्का लाग्न नसकेको स्मरण गराउँदै ठेक्का नलाग्नुको काराणबारे सरकारसँग जवाफ माग गरेका छन् ।

उनले रौतहटकैै मौलापुरको ढलको व्यवस्थापन गर्न विगत तीन वर्षदेखि रातो किताबमा परिरहँदापनि ठेक्का नलागेको भन्दै यी दुबै आयोजनाको ठेक्का हालसम्मपनि लाग्न नसक्नुको कारण के हो भन्दै सरकारको स्पष्ट जवावल माग गरेको हुन् ।

त्यस्तै साहले खानेपानी मन्त्रालयले झण्डै एक वर्षअघि मधेशका विभिन्न स्थानमा करोडौं खर्च गरेर चापाँकल जडान गर्ने भनेर छुटयाएको रकमको प्रगती विवरण सार्वजनिक गर्नसमेत माग गरे ।



प्रतिक्रिया दिनुहोस्