Logo

नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन : कांग्रेस सांसद परियार



काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियारले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमको बारेमा अनावश्यक टिप्पणी गर्नुको अर्थ नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा भाग लिँदै परियारले सदनको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रमको पुनःलेखन गर्नुपर्ने माग गरेकोतर्फ इंगीत गर्दै इतिहासमा कुनैपनि नीति तथा कार्यक्रमको पुर्नःलेखन नभएको जानकारी दिए ।

उनले भने ‘यस नीति तथा कार्यक्रममा पूर्ववक्ता माननीय तथा पूर्वप्रधानमन्त्रीहरुले समेत आफ्नो धारणा राखिसक्नु भएको छ । मैले सुने यो नीति तथा कार्यक्रम काम लाग्दैन् पुनःलेखन गर्नुपर्छ । सभामुख महोदय हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रमपनि हरेका र्छौ,पढेका छौ, । पुर्वअर्थमन्त्रीहरुले पेस गरेका बजेटपनि देखेका छौं । इतिहासमा कुनैपनि नीति तथा कार्यक्रम पुनःलेखन भएको छैन म स्मरण गराउन चाहान्छु’ ।



प्रतिक्रिया दिनुहोस्