Logo

जनयुद्ध जिन्दावाद भन्दै माओवादी सांसद सापकोटाले लाए रोस्टममै नारा



काठमाडौं,८ जेठ । नेकपा (माओवादी) केन्द्रका युवा नेता माधव सापकोटाले माओवादीले नेतृत्व गरेको जनयुद्धलाई नेकपा एमालेले गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।

संसदमा सुरु भएको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सापकोटाले नेकपा एमालेका सचिव योगेश भट्टराईले नजयुद्ध शब्द स्वीकार गर्न नसक्ने बताएपछि त्यस्को प्रतिउत्तर दिएका छन् । भट्टराईको भनाइमाथि प्रतिउत्तर दिँदै सापकोटाले उनलाई बैगुनी कमरेडको संज्ञा दिएका छन् ।

“बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु,” उनले भने, “बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ, हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।”

सापकोटाले जनयुद्ध महान क्रान्ति भएको दावि गर्दै जनयुद्ध जिन्दावाद भन्दै नारासमेत लाएका थिए ।



प्रतिक्रिया दिनुहोस्