Logo

रास्वपाविरुद्ध ढाकाकुमारले दायर गरेको रिट ‘हेर्न नभ्याइनेमा’



काठमाडौं,८ जेठ । आफुलाई सांसद पदबाट हटाई बिन्दावासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथिको सुुनुवाइ आजपनि हुन सकेन् ।

सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएपनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले सांसदबाट हटाउँदै उनको स्थानमा कंसाकारलाई नयाँ सांसद बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्