Logo

नक्कली शरणार्थी प्रकरणः ३२ अभियुक्तबाट २७ करोड विगो र जनही २० वर्ष कैद मागदाबी (सूचीसहित)



काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । आज (सोमबार) प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, मानव बेचविखान, गठी लगायत पाँच वटा कसुरमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

उक्त प्रकरणमा प्रहरीले २७ करोड भन्दा बढि विगो र कम्तिमा जनही २० वर्ष सजाय हुनेगरी मागदाबी गरेको छ ।

यी हुन् प्रहरी हिरासतमा रहेका १६ जना आरोपी :

१. पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

२. पूर्वगृहमन्त्री बालकृष्ण खाँण

३. नेपाल सरकारका सचिव टेकनारायण पाण्डे

४. भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

५. पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई

६. हज समितिका अध्यक्ष शमशेर मियाँ

७. पूर्वसभासद् एवं नेपाली कांग्रेसका नेता आङटावा शेर्पा

८. नरेन्द्र केसी

९.सन्दीप रायमाझी

१०.केशव दुलाल

११. सानु भण्डारी

१२. सन्देश शर्मा

१३. सागर राई

१४. टंक गुरुङ

१५.गोविन्द चौधरी

१६. रामशरण केसी

यी हुन् फरार आरोपी :

१. पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा

२. केशव तुलाधर

३. हरिभक्त महर्जन

४. लक्ष्मी महर्जन

५. अशोक पोखरेल

६. धीरेन राई

७. निरज राई

८. दीपा हुमागाईँ

९. राजेश अर्याल

१०. मोहनराज राई

११. आशिष बुढाथोकी

१२. विनिता लिम्बू

१३. निरञ्जनकुमार खरेल

१४. सुनिल बुढाथोकी

१५. गोकुल थापा

१६. रमा थापा

 



प्रतिक्रिया दिनुहोस्