Logo

सुदूरपश्चिमको मन्त्रिमण्डल काठमाडौंमा : आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने 



काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल काठमाडौं आइपुगेको छ।

मन्त्रिमण्डलको टोली सोमबार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं आइपुगेको हो।

शनिबारमात्रै मन्त्रिपरिषद्‍ विस्तारगरि माओवादी केन्द्रलाईपनि समेटेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश सरकारका सम्पूर्ण मन्त्रीहरूलाई काठमाडौं लिएर आएका हुन्।

केन्द्र सरकार आगामि आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न मुख्यमन्त्री साहले अन्यमन्त्रीहरूलाई पनि काठमाडौं लिएर आएका हुन्।

उनीहरूले आजबाट सत्ता गठबन्धनका विभिन्न नेता तथा मन्त्रिमण्डलका विभिन्न मन्त्रीहरूलाई भेटेर प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री साहको सचिवालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारलेपनि जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्