Logo

विश्व कीर्तिमान कायम गर्दै कामिरिता शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा



काठमाडौं,९ जेठ । कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पा मंगलबार बिहान साढे बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २७ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो। उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान तोडिदिएका थिए।

आफ्नो विश्व किर्तिमान तोडिएपछि कामिरिता फेरि सगरमाथाको चुचुरोमा पुगेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्