Logo

नीति तथा कार्यक्रम संघीयता विरोधी भएको सिके राउतको टिप्पणी



काठमाडौं,९ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले माओवादी केन्द्रले नेतृत्व गरेको सरकारले ल्याएको नीति तथा कार्यक्रमनै संघीयता विरोधी देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा गत आइतबारबाट सुरू भएको आर्थिक वर्ष २०८० – ८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राउतले यस्तो टिप्पणी गरेका हुन् ।

‘७० पृष्ठमा समाबेस भएको नीति तथा कार्यक्रममा केबल ३ ठाउँमा मात्रै संघीयता शब्द उल्लेख गरिएको छ । संघीयतालाई सवल गर्नेखालको ठोस नीति तथा कार्यक्रम देखिएन् ।यस्तो देख्दा म आफै आश्र्चयचकित छु कि माओवादी केन्द्रले नै नेतृत्व गरेको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखिएको छ ’ । राउतले भने ।

माओवादी केन्द्रले आफुलाई नेपालमा संघीयताको बिजारोपन गर्ने दल भनेर दावि गरिरहँदा नीति तथा कार्यक्रममा संघीयताको बारेमा स्पष्ट धारणा नसमटिएको भन्दै राउतले सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले संघीयताको ठोस नीति बनाइ प्रदेश प्रहरी,प्रदेश निजामती सेवा ऐन लगायतका आवश्य कानुन निमार्णको वातावरण निमार्ण गर्नसमेत सरकारसँग माग गरे ।



प्रतिक्रिया दिनुहोस्