Logo

सुदूरपश्चिमका मुख्यमन्त्री साह नेतृत्वको टोलीले दिउँसो ३ बजे प्रधानमन्त्री प्रचण्ड भेट्दै



काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेशका मन्त्रिमण्डलको टोली आज(मङ्गलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन्।

सोमबार साझ प्रदेशका मुख्यमन्त्री कमल बहादुर साहको नेतृत्वमा काठमाडौं आइपुगेको मन्त्रीहरूको टोलीले आज(मङ्गलबार) अपरान्ह ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता कार्यक्रमतय भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव टेकराज कठायतले रिपोर्टर्स नेपाललाई जानकारी दिए।

यसअघि मङ्गलबार मुख्यमन्त्री साह नेतृत्वको मन्त्रिमण्डले बिहान अर्थमन्त्री डा प्रकाशशरण महत र मध्यान्ह राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई भेटेको थिए।

प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजना सञ्चालन गर्न मागको विषयमा छलफल हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्