Logo

मधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय



काठमाडौं,९ जेठ । मन्त्रालय भागवन्डामा असन्तुष्ट बन्दै माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

आज बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
हाल जसपा नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

प्रदेश सरकारमा अहिले अहिले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । माओवादीले थप एक मन्त्रालय मागेको थियो ।



प्रतिक्रिया दिनुहोस्