Logo

पञ्चायतकालका उद्योग बेचेर गलत गरेको भन्ने बल्ल चेत आयो : सांसद् राणा



काठमाडौं, ९ जेठ । राप्रपाका सांसद्‍ धवलशमशेर राणाले पञ्चायतकालका उद्योगहरू बेचेरे गलत गरेको भन्ने बल्ल चेत आएको बताएका छन्।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् राणाले पञ्चायतकालका उद्योगहरू बेचेरे गलत गरेको भन्ने बल्ल चेत आएको बताएका हुन्।

उनले भने,‘बल्ल सरकारलाई चेत आएछ कि हामीले पञ्चायतकालका उद्योगहरू बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो।’

सांसद्‍ राणाले देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरूले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्