Logo

नीति तथा कार्यक्रममा विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल देखिँदैन : प्रधानमन्त्री दाहाल



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल नभएको बताएका छन्।

मङ्गलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहाले विरोध गर्नुपर्ने सैद्धान्ति र नैतिक धरातल नभएको बताएका हुन्।

उनले भने, ‘सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको बन्न गएको छ। यो मौलिक विशेषयता दुर्लभ भेटिन्छ, सधैं यस्तो भेटिँदैन। हामी अहिले सत्ता र प्रतिपक्षमा त छौं तर यस्तो चरित्र पृष्ठ भूमिसहित छौं कि हामीले साझा नीति कार्यक्रम सामूहिक रूपले सार्वजनिक गर्‍यौं। त्यसको जगमा सरकारको नीति तथा कार्यक्रम बनेको हुनाले अतिमा गएर यसको विरोध गर्ने पनि सैद्धान्तिक र नैतिक धरातल देखिँदैन। अतिमा गएर समर्थन गर्नुपर्ने पनि छैन। हिजो प्रतिपक्षमा रहेकाको पनि र आज प्रतिपक्षमा रहेकाको पनि विचार, धारण, योजना, साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन्।’

उनले अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन नभएको बताउँदै यसले गठबन्धनको साझा आवाज बोक्न सकेको दाबी गरे।



प्रतिक्रिया दिनुहोस्