काठमाडौं,९ जेठ । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार परिसूचांक नेप्सेमा ५१.३१अंकको उछाल आएको हो ।
५१.३१अंकले वृद्धिहुँदै नेप्से आज १९४२.६३ बिन्दुमा पुगेको छ ।
नेप्से वृद्धि भएको दिन आज कारोबारमा पनि उल्लेख्य वृद्धि भएर दुई अर्ब नाघेको छ ।
६० लाख ६७ हजार कित्ता सेयर कूल् २ अर्ब २० करोड बराबरको कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये २१९ कम्पनीको मूल्य बढ्दा एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन् भने दुई कम्पनीको मूल्य सामान्य घटेको छ ।