Logo

शरणार्थी प्रकरण : थप २ दिन हिरासतमा राख्न अनुमती



काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न अनुमती दिइएको छ।

मङ्गलबार जिल्ला अदालत काठमाडौंले सो प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो

यस प्रकरणमा हालसम्म पुर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खांण, पूर्वगृहसचिव टेकनारायण पाण्डे,पुर्वसांसद् आङटावा शेर्पा लगायतका १६ जना व्यक्तिहरु हिरासतमा रहेका छन् ।

प्रहरीले सो प्रकरणमा अनुसन्धान सकेर आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot