Logo

प्रधानमन्त्री मोदी तीन देशको भ्रमण पूरा गरी स्वदेश फर्कदैँ



एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कदै छन्।

जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गरेका प्रधानमन्त्री मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका भारतीय मुलका अमेरिकी तथा अन्य भारतीयले प्रधानमन्त्री मोदीप्रतिको अनुराग देखेर आफू अचम्भित भएको तथा आगामी महिना हुने प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमणका क्रममा आयोजना हुने एउटा कार्यक्रमको टिकट बिक्री खुल्ने बित्तिकै समाप्त भएकाले उहाँप्रतिको जनअनुराग र स्नेह अवर्णनीय रहेको बताएका थिए।

अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उनले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot