Logo

अफगानिस्तानमा बाढीका कारण ४ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन्।

भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो। मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ र प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि उनले बताएका छन्। बाढीले थुप्रै घरहरू पनि बगाएको छ।

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो। युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन्।



प्रतिक्रिया दिनुहोस्