Logo

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं,१० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

जनता समाजवादी पार्टी जसपाका महतोलाई वन तथा वातावरण मन्त्री र प्रमिलालाई राज्यमन्त्री नियुक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्