Logo

‘मन बिग्रिएपछि सम्पर्कविहीन भएँ’- टोपबहादुर रायमाझी



काठमाडौं, १० जेठ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरा पक्राउ परेपछि मन विग्रिएर केही समय सम्पर्कविहीन भएको बताएका छन् ।

अधिकारप्राप्त अधिकारीसमक्ष उनले दिएको वयानमा छोरालाई हत्कडी लगाएको खबर सुनेपछि आफूलाई पनि हत्कडी लगाउँछन् भन्ने लागेर मन विग्रिएपछि केही समय सम्पर्क विहीन भएको उल्लेख छ ।

केहीसमयमा आफैं सम्पर्कमा आउने तयारीमा रहेकोसमेत उनको वयानमा उल्लेख छ । ‘छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकाले मन विग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ,’– उनले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको वयानमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्