Logo

शरणार्थी प्रकरण : ३० जनाविरूद्ध ५ मुद्दा (पूर्णपाठसहित)



काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध ५ वटा मुद्दा चलाउने निर्णय भएको छ।

बुधबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली सो प्रकरणमा विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा ३० जनालाई ५ वटा मुद्दा लगाउने निर्णय गरेको हो।

नेपाल प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेकाहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको छ।

सो प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो र सो प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्