Logo

शरणार्थी प्रकरण-पक्राउ परेकाहरुको बयान भोलिबाट



काठमाडौं,११ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेर मुद्दा चलाइएका हरुको बयान भोलिबाट सुरू हुने भएका छ ।

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा परेको हुँदा आरोपितको बयान भोलिबाट मात्रै हुने भएको हो ।
सरकारी वकिल कार्यालयले बुधवार हिरासतमा रहेका १६ जनासहित ३० जनाविरुद्ध ५ वटा कसुरमा सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका व्यक्तिहरु आरोपतिको रुपमा रहेका छन् ।

भोलिबाट मात्रै बयान सुरु भएमा अझै कम्तिमा ६-७ दिनसम्म प्रतिवादीहरु हिरासतै बस्नुपर्ने देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्