काठमाडौं,११ जेठ । दुबै कृत्रिम खुट्टाको साहारमा सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायमा गरेका कीर्तिमानी आरोही हरिबहादुर बुढामगरलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले बधाई दिएका छन् ।
आज सभामुखको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाट कार्यक्रममा सभामुख- उपसभामुखले बधाई ज्ञापन गरेका हुन् ।
बधाई ज्ञापन घिमिरेले भने‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’
उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन् ।
कार्यक्रममा सभामुख -उपसभामुखको अतिरित्त एमाले सांसदद्धय महेश बर्तौला र इश्वरी घर्ती उपस्थित भएका थिए ।