काठमाडौं,११ जेठ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले २० जना कलाकर्मीहरुलाई सम्मान गरेको छ ।
महासंघको १८औं स्थापना दिवसको अवसरमा संस्थामा आवद्ध रहेका कलाकर्मीलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका उपसभापति तथा कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्मानित कलाकर्मीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुने हरुमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गङ्गाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरी लगायत रहेका छन ।