Logo

के तपाईंलाई थाहा छ? इन्टरनेटमा राखिएको पहिलो फोटो के थियो ?



काठमाडौं, ११ जेठ । इन्टरनेट आज हामी सबैको जीवनरेखा बनेको छ। इन्टरनेटले गर्दा हाम्रो जीवनयापनका धेरै कुरा सहज बनेको छ।

आज एक क्लिकमा सात समुन्द्र पारी बसेका आफन्तसँग सम्पर्क हुनेदेदि घर, कार्यालयसम्मका महत्वपूर्ण निर्णयहरू गर्न सकिन्छ।

यो थियो इन्टरनेटमा अपलोड गरिएको संसारकै पहिलो फोटो

इन्टरनेटमा अपलोड गरिएको पहिलो तस्बिर लेस होरिबिल्स सेर्नेट्स भनेर चिनिने ब्यान्ड समूहको थियो। जसलाई सीइआरएनका केही कर्मचारीहरूले बनाएका थिए।

यो फोटो बर्नर्स-लीले इन्टरनेटमा अपलोड गरेका थिए, जसमा ४ जना महिला छन्।

बर्नर्स-ली त्यही व्यक्ति हुन् जसले सन् १९८९ मा वर्ल्ड वाइड वेब पत्ता लगाएका थिए।

सीइआरएनमा काम गर्दा उनले नेक्स्ट कम्प्युटर मार्फत डब्लडब्लडब्लको लागि कोड लेखे।

लेस होरिबिल्स सेर्नेट्स एक महिला ब्यान्ड समूह थियो जसले पप, डू-वोप, कमेडी, लोक गीतहरू गाएको थियो। यो ब्यान्ड २०१२ सम्ममात्रै सक्रिय थियो।



प्रतिक्रिया दिनुहोस्