Logo

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं,१२ जेठ । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ ।

आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् । त्यस्तै मौजुदा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

आज नै  दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ ।

‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्