Logo

शरणार्थी प्रकरण : पहिलो बयान दुलालको लिँइदै



काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरूको आज(शुक्रबार)देखि अदालतमा बयान लिँइदै छ।

आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान लिँइदै छ।

पहिलो बयान मुख्य योजनाकार मानिएका केशव प्रसाद दुलालको लिँइदै छ।

सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको मुद्धामा बयान उल्लेख गरिएको प्रतिवेदन अनुसार क्रमश: बयान लिने तयारी भएको हो।

जसअनुसार पहिलोमा दुलाल, दोस्रोमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्माको बयान लिने तयारी भएको छ।



प्रतिक्रिया दिनुहोस्