काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले आज अभिुक्त मध्येकी एक लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो । उनी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पगेको छ ।
यसअघि प्रहरीले पूर्वमन्त्रीद्धय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पक्राउ गरि अदालतमा हाजिर गराएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।