Logo

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामाथि छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं,१२ जेठ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अहिले केहिसमयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयमा सुरु हुँदैछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमिकी देश भारतको भ्रमणको मिति तय हुनाकासाथै भ्रमणका एजेण्डाबारे छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आर्थिक वर्ष २०८० ८१ बजेटको बारेमापनि छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्