Logo

प्रधानमन्त्री दाहालको भारत भ्रमण कार्यतालिका सार्वजनिक



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ।

प्रधानमन्त्री दाहालले जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले आज(शनिबार) छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै भारत भ्रमणमा प्रधानमन्त्री दाहालसँगै सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जनाएको छ।

भारत भ्रमणमा प्रधानमन्त्रीले दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मी, उपराष्ट्रपति जगदीप धनखर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेट गर्ने बताइएको छ।

१८ गते प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन्। वार्तापछि दुईटै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त आयोजना गरिने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन र दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री दाहाल शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री दाहालको टोली जेठ २० गते नेपाल फर्किनेछ।

(featured photo : file photo)



प्रतिक्रिया दिनुहोस्