Logo

बानेश्वरमा युवराज सफलमाथि आक्रमण भएपछि…



काठमाडौं, १३ जेठ । नयाँ बानेश्वरमा युवराज पौडेल ‘सफल’माथि आक्रमण भएको छ।

शनिबार नयाँ बानेश्वरमा नागरिकता विधेयकलाई लिएर प्रदर्शन गरिरहेका समूहका केही व्यक्तिहरूले सफलमाथि आक्रमण गरेका हुन्।

प्रदर्शन गरिरहेका केही व्यक्तिहरूले सफललाई जिस्क्याएपछि सफल जङ्गिएको बताइएको छ।

सफल जङ्गिएपछि सो समूहले उनीमाथि आक्रमण गरेको बताइएको छ।

अहिले सफलमाथि आक्रमण गर्ने सो समूहका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्