काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले सरकारले नीति तथा कार्यक्रम चैत महिनामा ल्याउनुपर्ने प्रस्ताव गरेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले नीति तथा कार्यक्रम चैत महिनामा ल्याउनुपर्ने प्रस्ताव गरेका हुन्।
उनले भने,‘सरकारको नीति तथा कार्यक्रमको यो शैली धेरै आलोच्य भइसकेको छ। बिरालो बाँध्ने परम्परा यसलाई अन्तिम बनाउनुपर्छ। नीति तथा कार्यक्रम चैत महिनामै ल्याऔँ। सरकारले प्रस्तावित गर्ने र सांसदले परिमार्जित गर्ने नीति आगामी वर्ष र दिनहरूका लागि संकल्प गरौँ। त्यसको क्रमभंग गर्ने संकल्प आजै प्रधानमन्त्रीले आफ्नो मन्तव्यबाट राख्नुहुन्छ भन्ने विश्वास छ।’