Logo

सरकारको नीति तथा कार्यक्रमबारे बोल्नु र नबोल्नुको कुनै अर्थ छैन : राप्रपा सांसद तामाङ



काठमाडौं, १३ जेठ । राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमबारे बोल्नु र नबोल्नुको कुनै अर्थ नभएको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले सरकारको नीति तथा कार्यक्रमबारे बोल्नु र नबोल्नुको कुनै अर्थ नभएको बताएका हुन्।

उनले भने, ‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र? केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो। अब हामीले बोलेर पनि के हुन्छ र! बोल्नु र नबोल्नुको कुनै अर्थ छैन। तर जे भए पनि आफ्नो धर्म निभाउनै पर्‍यो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot