Logo

भ्रष्टाचार विरोधी अभियान सरकारले आविष्कार गरेको होइन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान सरकारले आविष्कार नगरेको बताएका छन्।

शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान सरकारले आविष्कार गरेको हुन्।

उनले भने, ‘यो पहिलाबाट चल्दै आएको विषय रहेछ। सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान थालेको पनि होइन। हिँड्दै जाँदा देखा पर्‍यो। त्यसलाई ह्याण्डल गर्ने भन्ने चुनौती थियो मैले यो विषयमा दोषीलाई कारबाही गर्ने गरी निर्देशन दिएको हुँ।’



प्रतिक्रिया दिनुहोस्