Logo

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका  रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

‘रेशमलाल चौधरी जो अहिले कारागारमा हुनुहुन्छ र अस्ती भर्खरै उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था हो । उहाँको निर्णयका आधारमा र राष्ट्रपति कार्यालयले पनि सोधेका वियषयहरुलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा उहाँको कैद माफी, मिनाह गर्ने भन्ने सन्दर्भमा सिफारिस गर्ने भन्ने आजको बैठकको निर्णय छ,’– मन्त्री शर्माले भनिन् ।

जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ प्रधानमन्त्री प्रचण्डको क्याविनेटको सदस्य (मन्त्री) छिन् ।

 



प्रतिक्रिया दिनुहोस्