काठमाडौं,१४ जेठ । सरकारले चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ ।
आइतबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछन् । संसद्को कार्यतालिका अनुसार दिउँसो १ बजे आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ ।
सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटिनेछन् ।