Logo

गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको छ : सञ्चारमन्त्री शर्मा



काठमाडौं,१४ जेठ । सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसक्नु कमजोरी भएको बताएकी छन् ।

उनले संविधानमा व्यवस्था गरेका कुराहरूलक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन ।

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताइन् । उनले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् ।

file photo 



प्रतिक्रिया दिनुहोस्