Logo

मन्त्रिपरिषद् बैठक-अर्थमन्त्री महतको क्यानडा भ्रमण स्वीकृत



काठमाडौं,१४ जेठ । सरकारले क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा.प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्