Logo

सुमनाले सरकारको पागलपना भनेपछि रामहरी खतिवडाको नियमापत्ति



काठमाडौं,१४ जेठ । सङ्घीय संसद्को संयुक्त बैठक अहिले जारी रहेको छ । आजको बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथिको छलफल चलिरहेको छ ।

छलफलमा भाग लिँदै सांसदहरुले आ-आफ्नो धाराणा राख्ने क्रम जारी रहेको छ ।

छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठको भनाइप्रति नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएका छन् ।

बैठकमा बोल्दै सांसद श्रेष्ठले ‘काम गर्ने तरिका पटक्कै नफेर्ने त्यहि शिराले काम गर्दै जाने अनि नतिजा फरक तरिकाको सोच्नै यो पागलपनाको डेफिनेशन बाहेक अरु केही हुँदै हुँदैन’ ।

उनले त्यति भनेपनि सांसद खतिवडाले उठेर आपत्ति जनाए।

उनले भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

तर, सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि हटाउन अस्वीकार गरे।

उनले भने, ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्।’



प्रतिक्रिया दिनुहोस्