Logo

यी हुन् संसदीय सुनुवाइ विशेष समितिमा रहने १५ सदस्यहरु



काठमडौं,१४ जेठ । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ ।
प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको हो ।

राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमोदन गरेको हो ।

१५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका ४ र राष्ट्रियसभाका एक गरि ५ जना सदस्य रहेका छन् जसमा प्रतिनिधिसभाबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । भने राष्ट्रियसभाबाट रमेशजंग रायमाझी रहेका छन् ।

त्यस्तै एमालेबाट प्रतिनिधिसभाका पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम गरि ४ सदस्य रहेका छन् भने राष्ट्रिय सभाका देवेन्द्र दाहाल गरि ५ सदस्य रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट प्रतिनिधिसभाबाट जनार्दन शर्मा र राष्ट्रियसभाबाट जगप्रसाद शर्मा सदस्यमा मनोनित भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त नाम प्रस्ताव गरेसँगै सभाले अनुमोदन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्