Logo

भारत भ्रमणबारे बोल्दै प्रचण्डले भने, ‘नेपालको अहितमा कुनै सम्झौता र सहमति गर्दिन’



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस पटकको भारत भ्रमण विशिष्ट र राष्ट्रिय हितलाई महत्व दिने खाल्को हुने बताएका छन् ।

नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रमणका क्रममा २०१९ देखि रोकिएको व्यापार पारवहान सम्बिन्धि सन्धि खुलाउने प्रयास हुने, हवाइ रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौंदेखि रोकिएको पञ्चेश्वर बहुउदेश्यीय परियोजनालाई सुचारु गर्ने, सिमा समस्या सम्बोधन गर्ने गरी तयारी रहेको बताए ।

साथै,नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot