Logo

रास्वपा सांसद बिन्दबासिनीको सपथ आज हुने



काठमाडौं,१५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसकारले आज पद तथा गोपनियताको सपथ लिने भएकी छन् ।

कंसकारलाई दिउँसो ३ बजे सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने भएका छन् ।

रास्वपाका तत्कालिन सांसद डा ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग आफु मन्त्री बन्न लागेको भन्दै दुई करोड घुस रकम लेनदेन गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै उनको स्थानमा कंसकारलाई पठाउने निर्णय गरेको थियो ।

पार्टीको निर्णयविरुद्ध श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए तर सर्वोच्चका न्यायाधशिद्धय नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासबाट श्रेष्ठको मुद्दा खारेज भएपछि कंसकारलाई सांसद बन्ने बाटो खुलेको हो ।

एसिड आक्रमणमा परेर गम्भिर घाइते भएकी हेटौडा निवासी कंसकार रास्वपाको समानुपातिक सुचीतर्फ आदिवासी जनजाती कोटामा सांसद बनेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्